काठमाडौं । विभिन्न जिल्लाबाट आएर केही दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका लघुवित्त पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला शुक्रबार बिहान माइतीघर मण्डलामा पुगेका छन्।
धमलाले धर्नामा सहभागी पीडितहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या र मागबारे जानकारी लिएका थिए। उनले पीडितहरूको जायज मागप्रति आफ्नो समर्थन रहेको जनाउँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सरकारलाई लघुवित्त पीडितहरूको मागप्रति गम्भीर बन्न आग्रह गर्दै उनीहरूको आवाजलाई बेवास्ता नगर्न ध्यानाकर्षण गराए। पीडितका समस्याको वार्ता र संवादमार्फत छिटो तथा न्यायोचित समाधान खोज्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने उनको भनाइ थियो।
धर्नामा सहभागी पीडितहरूले आफूहरू लामो समयदेखि न्यायको अपेक्षामा आन्दोलन गरिरहेको बताउँदै सरकारसँग आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन्।











प्रतिक्रिया