सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे


सिरहा । सिरहाको लहानमा जारी कर्फ्यु हटाइएको छ । गोलबजारको कर्फ्यु भने जारी राखिएको छ ।

सुनसरीमा दुई समहबीच भएको झडप नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनमा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादव मृत्यु भएको थियो ।

यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच ७ बुँदे सहमति भएको छ । यद्यपी गोलबारमा भने कर्फ्यु यथावत राखिएको छ । गणेशको शव नल्याउँदासमम गोलबजारको कर्फ्यु नहटाइने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।