सरकार–हिन्दुवादी सङ्गठनबीच दोस्रो चरणको वार्ता सुरु


जनकपुरधाम । सरकार र हिन्दुवादी सङ्गठनबीचको दोस्रो चरणको वार्ता सुरु भएको छ । पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न नसकेपछि करिब तीन घण्टाको विश्राम पछि केहीबेर अघि ८ बजेदेखि पुनः वार्ता सुरु गरिएको हो ।

पहिलो चरणमा गृहमन्त्री सुधन गुरुङले हिन्दुवादी सङ्गठनका प्रतिनिधिसँग सीमित टोलीमा छलफल गरेका थिए । दोस्रो चरणको वार्तामा भने मधेश प्रदेश सरकार औपचारिक रूपमा सहभागी भएको छ ।

गृहमन्त्री सुधन गुरुङ, मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव, मधेशका अर्थमन्त्री युवाराज भट्टराई, गृहमन्त्री फकिरा महतो, रास्वपा सांसद मनिष झा लगायत वार्तामा सहभागी छन् ।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो ।