काठमाडौं। न्युरोडस्थित इलेक्ट्रोनिक्स तथा ग्याजेट्स बिक्रेता हुकुट स्टोरले ‘हुकुट महा मेला २०२६’ नामक विशेष ग्राहकलक्षित अफर सञ्चालनमा ल्याएको छ।
अगस्ट १ देखि ३१ (साउन १७ देखि भदौ १५) सम्म महिनाभर सञ्चालन हुने यस अभियानमार्फत कम्पनीले रु. १० लाखभन्दा बढी मूल्यका विभिन्न उपहारहरू प्रदान गर्ने घोषणा गरेको छ। यस अवधिभर १०० भन्दा बढी भाग्यशाली ग्राहकहरूलाई विजेताका रूपमा छनोट गरिने कम्पनीले जनाएको छ।
अभियानमा सहभागी हुनका लागि ग्राहकले अगस्ट महिनाभर हुकुट स्टोरबाट कुनै पनि सामान खरिद गर्दा लक्की ड्र कुपन प्राप्त गर्नेछन्। उक्त कुपनमा आफ्नो आवश्यक विवरण भरेर स्टोरमा राखिएको तोकिएको लट्री बक्समा खसालेपछि ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदकर्तालाई प्रोत्साहन गर्ने र नयाँ प्रविधिसँग जोड्ने उद्देश्यका साथ यो मेला आयोजना गरिएको कम्पनीको भनाइ छ।
मेला अवधिभर पारदर्शिता कायम राख्न कम्पनीले हरेक दिन अपराह्न ४ देखि ५ बजेसम्म हुकुटको आधिकारिक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष (लाइभ) लक्की ड्र सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। यसरी दैनिक रूपमा छनोट हुने तीन जना विजेतामध्ये एक जनाले स्मार्टफोन प्राप्त गर्नेछन् भने बाँकी दुई जनाले इयरबड्स, स्मार्टवाच वा ब्लुटुथ स्पिकर जस्ता उपयोगी एक्सेसरिज उपहार पाउनेछन्।
हुकुट स्टोरले आफ्ना ग्राहकहरूलाई यस अगस्ट महिनाभर स्टोरमा पुगेर किनमेल गरी लक्की ड्रमार्फत आकर्षक उपहार जित्ने अवसरको फाइदा उठाउन आग्रह गरेको छ। अफरसम्बन्धी थप जानकारी तथा सोधपुछका लागि कम्पनीको फोन नम्बर ९८०११०००३७ वा न्युरोडस्थित स्टोरमै पुगेर बुझ्न सकिने जनाइएको छ।




प्रतिक्रिया