काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा ठुलो संख्यामा प्रहरी पुगेको छ। उनलाई पक्राउ गर्ने तयारी भइरहेको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गर्ने तयारी गरेको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको आरोप लगाएका थिए ।
उनले वर्तमान सरकारविरुद्ध आन्दोनल गर्ने घोषणासमेत गरेका थिए ।




प्रतिक्रिया