काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख–हैरानी दिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले निगरानी तथा अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट एक लाख रुपैयाँ लिएको अवस्थामा काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट सोमबार नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।




प्रतिक्रिया