काठमाडौं । नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित एसिया बिजनेस लिडर्स अवार्ड्स अन्तर्गत प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।
कम्पनीले यो सफलता नेपाल लिकर्सका लागिमात्रै नभइ समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि नै एक ऐतिहासिक उपलब्धि भएको जनाएको छ ।
जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमतालाई उजागर गर्छ ।
प्रत्येक वर्ष एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीहरुलाई उनीहरुको नेतृत्व, रणनीतिक नवप्रवर्तन र सम्बन्धित उद्योगहरुमा पुर्याएको रुपान्तरणकारी योगदानको कदर गर्दै सम्मान गर्दै आएको छ ।
जेनजी पुस्ताकै नेतृत्वकर्ता तुलाधरले युनिभर्सिटी अफ रिचमन्ड र इसेक बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र कम्पनीभित्रको व्यवहारिक अनुभवलाई संयोजन गर्दै दुरदर्शी दृष्टिकोण भित्र्याएको कम्पनीले जनाएको छ ।
सम्मान प्राप्त गरेपछि तुलाधरले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको सामुहिक मेहनतको परिणाम भएको बताए। तुलाधरले भनेका छन्, ‘यो प्रतिष्ठित सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्तै आभारी छु । यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको लगनशीलताको परिणाम हो । म यो अवार्ड हाम्रा संस्थापक मेरा पुज्य हजुरबुबा भक्त वीर सिंह तुलाधरको दरदृष्टि र मार्गदर्शनका साथै मेरो परिवारको निरन्तर साथलाई समर्पित गर्दछु । हामी नेपाल लिकर्सलाई अझ नयाँ उचाइमा पुर्याउन प्रतिवद्ध छौँ ।’




प्रतिक्रिया