ग्यास कालोबजारी गर्ने एक जना पक्राउ


बागलुङ । देशैभर खाना पकाउने ग्यासको अभाव भइरहेको बेला कालोबजारी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखास्थित सडकमा बागलुङ नगरपालिका वडा नम्बर १३ बस्ने ४३ वर्षीय भूपति जैसीले पिकअप भ्यानसहित पक्राउ परेका हुन् । उनले गृहलक्ष्मी लेखिएको एलपीजी खाना पकाउने ग्यास सिलिन्डर बढी मूल्य लिई लुकाइछिपाई सर्वसाधारणलाई बेचबिखन गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त पिकअप भ्यानलाई रोकी जाँच गर्दा ४१ थान गृहलक्ष्मी लेखिएको भरी ग्यास सिलिन्डर र १९ थान बेचबिखन भइसकेका खाली ग्यास सिलिन्डर फेला पारिएको थियो।

जिल्ला प्रशासन कार्यालय बागलुङबाट कालाबजारीसम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिई उनीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको छ।