काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
झुम्का कारागारमा हत्या कसुरमा कैद सजाय भुक्तान गरिरहेका तेह्रथुमको लालिगुराँस नगरपालिका ८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई प्रहरीले आज बिहान उनकै घरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जिल्ला अदालत तेह्रथुमले २० वर्ष कैद तोकेको थियो । उनले अब ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको छ।




प्रतिक्रिया