कैलालीमा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते


कैलाली । कैलालीमा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्।

गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्। दुवै जनाको अवस्था मध्यम रहेको छ।

घाइते दुवैलाई उपचारका लागि धनगढी लगिएको थियो। त्यसपछि थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

Skip This