नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त


काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई नियुक्त गरेको स्रोतले जानकारी दियो ।

उनी निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो ।