काठमाडौँ । केही समयअघि राप्रपा छाडेका नेता डा. धवलशमशेर राणाले जय नेपाल पार्टी गठन गर्ने पक्का भएको छ । उनले यही साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी गरेका छन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता राणाले हिन्दु अधिराज्य स्थापना गर्ने मुख्य लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको जानकारी दिए । आफ्नो पार्टीको प्रमुख वैचारिक एजेन्डा सनातन धर्मसापेक्ष हिन्दू राज्य र अभिभावकीय भूमिकासहितको राजसंस्थाको पुनर्स्थापना रहेको उनले बताए ।
उनका अनुसार आफू अध्यक्षतामा दर्ता हुने उक्त पार्टीमा दुर्गा प्रसाईं सर्वमान्य नेताको रुपमा हुनेछन् ।
सबै जाति, जनजाति र धर्मावलम्बीहरूले राजसंस्थालाई मान्दै आएको परम्परा रहेको उल्लेख गर्दै उनले राजसंस्था हटेपछि देश सङ्कटमा पुगेको टिप्पणी गरे।




प्रतिक्रिया