काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वरास्वपा नेता सन्तोष परियारलगायतको पहलमा स्थापना भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजित भएको छ।
पार्टीभित्र लामो समयदेखि देखिएको मतभेदका कारण अधिकांश नेताहरू अलग भइसकेपछि बाँकी नेतृत्व पनि छुट्टिने सहमतिमा पुगेको हो। अध्यक्ष परिषद्का सदस्य दुर्गा सोब र सन्तोष परियारले आ–आफ्नो राजनीतिक यात्रा अलग–अलग रूपमा अघि बढाउने निर्णय गरेका छन्।
सहमति अनुसार बाबुराम भट्टराईले प्रलोपा गठनअघि नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः सक्रिय बनाइएको छ। उक्त पार्टीको नेतृत्व दुर्गा सोबले गर्ने सहमति भएको छ भने यसको चुनाव चिह्न ‘आँखा’ नै कायम रहने जनाइएको छ।
यता सन्तोष परियारको नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नै रहने सहमति भएको छ। नयाँ व्यवस्थाअनुसार पार्टीले ‘आँखा’ बाहेक तीन रङ समेटिएको नयाँ चुनाव चिह्नका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
यसअघि नै सुदन किराँती, ओजस्वी भट्टराईलगायतका नेताहरू पनि प्रलोपा छाडिसकेका थिए। पछिल्लो विभाजनसँगै पार्टीको संगठनात्मक संरचनामा नयाँ पुनर्संरचना सुरु भएको छ।




प्रतिक्रिया