उपभोक्ताहरु दिनभर लाइनमा, सरकार भन्छ-‘ग्यास नपाए सिधै फाेन गर्नु’


काठमाडौं । पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । उपभोक्ताहरु दिनभर लाइनमा बसेर ग्यास लिुपर्ने बाध्यता छ । यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना आज एक सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ भए सिधै सम्पर्क गर्न आग्रह गरेको हो ।

कुनै पनि उपभोक्ताले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी गरिएको वा आपूर्तिमा कुनै समस्या देखे मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् ।

उपभोक्ताबाट प्राप्त जानकारी र गुनासो गम्भीरतापूर्वक लिइने मन्त्रालयले जनाएको छ । प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने बताइएको छ ।