कोसीमा कांग्रेसका मन्त्रीहरूले आइतबारसम्ममा राजीनामा दिने


काठमाडौं । कोसी प्रदेश सरकारमा कांग्रेसबाट सहभागि रहेका मन्त्रीहरूले आइतबार सम्ममा राजीनामा दिने भएका छन् ।

नेपाली कांग्रेस कोसी संसदीय दलका नेता उद्धव थापाले कांग्रेसका मन्त्रीले राजीनामा दिने तयारी भएको जानकारी दिए ।

एमाले–नेकपा गठबन्धनपछि अन्य प्रदेशमा कांग्रेस सरकारबाट बाहिरिए पनि कोसीमा भने बाँकी छ ।