माईतीघरमा राइडरहरूले गरे प्रदर्शन


काठमाडौं । राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै शुक्रवार काठमाडौंको माईतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । राइड सेयरिङ कम्पनी इन्ड्राइभ, पठाओ, यांगोलगायत राइड सेयरिङसँग आबद्ध चालकहरूले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो श्रमको उचित मूल्य देऊ’, ‘आर्थिक शोषण बन्द गर’, ‘कमिसन घटाऊ, न्याय बढाऊ’ र‘‘न्यायपूर्ण भाडा हाम्रो माग’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले न्यायपूर्ण भाडादर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिसनलाई सिमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् ।