काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा अहिले शासकीय अराजकताको अवस्था रहेको बताएका छन् ।
आज पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलामा बोल्दै प्रधानमन्त्रीदेखि रास्वपाका सांसदसम्म अराजक व्यवहार देखाइरहेको उनले आरोप लगाए।
‘सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएका छन्, मन्त्रीले उत्तेजना फैलाउने अभिव्यकित दिएका छन् । मैले यस्तो पहिले कहिल्यै देखेको थिइनँ । अहिले म शासकीय अराजकता देखिरहेको छु । सांसदले, मन्त्रीले खुट्टा भाँच्छु भनेको छ । प्रधानमन्त्रीले मन्त्री नराखी बैठक गरेको छ । अर्थमन्त्रीले गभर्नर नराखी बैठक गरेको छ । प्रधानमन्त्रीको सचिवालयले दिनदहाडै मान्छे उठाएको छ । अख्तियारको प्रमुखलाई थुनेर, उठबस गराएर निर्णय गर्न लगाएको छ । यो अराजकता हो । शासकीय अराजकता हो । यसलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्छ,’ उनले भने ।




प्रतिक्रिया