काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समूहले साउन २९-३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएकाे हो ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने बताए ।
त्यस्तै उनले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने जनाए ।
जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा अहिले श्रीमती आरजु राणासहित हङकङमा छन् ।




प्रतिक्रिया