एकवर्षमा बलात्कारको घटना २ हजार ३८०


काठमाडौँ । गम्भीर तथा जघन्य प्रकृतिका अपराधमा सबैभन्दा धेरै बलात्कारको घटना हुने गरेको पाइएको छ। आर्थिक वर्ष २०८२/०८३ मा देशभर २ हजार ३८० वटा बलात्कारको घटना प्रहरीमा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

शुक्रबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जघन्य अपराधहरू मध्ये सबैभन्दा धेरै बलात्कारको घटना हुने गरेको बताए ।

गत आर्थिक वर्षमा २२ सय ५३ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको थियो। यस वर्ष सो घटना बढेर २३ सय ८० पुगेको हो।