रास्वपाका सांसद मनिष झाले भने- सरकारमाथि कुनै शंका छैन तर सरकार सञ्चालनमा ढंग पुगेन


काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद मनिष झाले सरकारमाथि कुनै शंका नभएपनि सञ्चालनमा ढङ्ग नपुगेको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्य सञ्चालनमा संविधान र लोकतन्त्रको मूल मन्त्र आवश्यक भएको उनले बताए।

‘सरकारमाथि कुनै कुनै पनि शङ्का छैन। कुनै प्रश्न छैन। तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने लाग्छ। त्यो स्वीकार्नु पर्छ। आफूलाई के थाहा छैन भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ। त्यसैले राज्य सञ्चालनको कुराहरूमा ढङ्ग सुधार्नुपर्छ,’ उनले भने ।

समाज शिक्षित नभएसम्म राजनीति जीवित नरहने उनले बताए । ‘यदि राजनीति जीवित छैन भने लोकतन्त्र जीवित हुँदैन। यदि लोकतन्त्र जीवित छैन भने समाजमा सामाजिक सन्तुलन जीवित रहँदैन। समाजमा सामाजिक सन्तुलन छैन भने सामाजिक न्याय जीवित रहँदैन। सामाजिक न्याय जीवित छैन भने वृद्धि हुँदैन र विकास पनि हुँदैन,’ उनले भने ।