राष्ट्रिय भेलाको तयारी गर्न ३२ समिति गठन, भोजनको जिम्मा कान्छारामलाई


काठमाडौं । नेपाली कांग्रेसको पूर्व सभापति शेर बहादुर देउवा पक्षले राष्ट्रिय भेलाको तयारी गर्न ३२ वटा समिति गठन गरेको छ । शीर्ष नेतासहित प्रदेशस्तरका नेताहरूलाई जिम्मा दिँदै समिति गठन गरिएको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताए ।

राजनीति प्रस्ताव तयारी समितिको जिम्मा पूर्वउपसभापति विमलेन्द्र निधिलाई दिइएको छ ।

सांगठनिक प्रस्ताव तयारी समितिको पूर्वसहमहामन्त्री उमाकान्त चौधरीलाई, समसामयिक प्रस्ताव तयारी समितिमा केन्द्रीय सदस्य एनपी साउद, विधान समिति रमेश लेखक, नेपाली कांग्रेसको आर्थिक नीतिको जिम्मा डा। प्रकाशशरण महतलाई दिइएको छ ।

भोजन व्यवस्थापन समितिको जिम्मा पूर्णबहादुर तामाङ(कान्छाराम)लाई दिइएको छ । नेता विश्वकर्माका अनुसार, सबै समितिले काम सुरु गरिसकेका छन् ।