निर्मल पुर्जाको शव बेलायत लगिने


काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परी मृत्यु भएका नेपालीमध्ये विश्व प्रशिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चारजनाको शव घटनास्थलबाट इस्लामावाद ल्याइएको छ ।

इस्लामावादस्थित नेपाली दूतावास स्रोतका अनुसार उनीहरूको शव नेपाली समयअनुसार दिउँसो साढे १ बजे इस्लामावाद ल्याइएको थियो ।

शुक्रबार दिउँसो इस्लामावाद ल्याइएकामा निर्मल पुर्जा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र निमा शेर्पाको शव रहेको छ । एकजना नेपालीको शव घटनास्थमै रहेको छ ।

ब्रोड पिक हिम पहिरोमा परी ६ जना नेपालीसहित १० जनाको मृत्यु भएको थियो ।

घटनास्थलमा अझै एकजना नेपाली नवाङ थिन्डु शेर्पा, एकजना पाकिस्तानी र एकजना अमेरिकीको शव रहेको जनाइएको छ ।

आरोही निर्मल पुर्जाको शव भने उनको परिवारले बेलायत लग्ने भएको छ । उनको अन्तिम संस्कार बेलायतमै गरिनेछ ।