काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरुङ विजयी भएकी छन् ।
शुक्रबार चौतारामा भएको अधिवेशनमा गुरूङले १४९ मत पाउँदा कुमार श्रेष्ठ २०, कमला खड्का ६१, पासाङ तामाङले १३ र दिलराम श्रेष्ठले दुई मत पाए ।
उपसभापतिमा सरोजा श्रेष्ठले १२३ मत पाउँदा मुके शेर्पाले ४७ र निमा याङछेन लामाले ६५ मत पाएका छन् ।




प्रतिक्रिया