बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने चितवन इच्छाकामना गाउँपालिका-५ घर भएका ४१ वर्षीय राममणी त्रिपाठीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला अदालत काठमाडौंको २०८२ असार १० गतेको फैसला उक्त मुद्दामा ७३ हजार ३ सय ९० रूपैयाँ जरिवाना, ५ दिन कैद र क्षतिपूर्ति बापत २ हजार ९ सय ३६ रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।