करणीको आरोपमा एकजना पक्राउ



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबर्जस्ती करणीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिङ बोहराका अनुसार ९ असारमा एक महिलामाथि जबर्जस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उक्त घटनामा संलग्नताको आरोपमा चौकुने गाउँपालिका–७ का २२ वर्षीय गणेश विकलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले शुक्रबार साँझ उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका विकको स्वास्थ्य परीक्षणपछि इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।