काठमाडौँ । झापामा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले टोलीले ५३.४४० ग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ११ बस्ने २३ वर्षीय सोमनाथ राजवंशी र मोरङको पथरी शनिश्चरे नगरपालिका ५ बस्ने २४ वर्षीय गणेश चौधरी रहेका छन् । उनीहरूबाट खैरो हेरोनसहित १ थान प्र १–०१–००२ ह ३५६९ नम्बरको सिटी सफारी र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा बुझाइएको लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ ।




प्रतिक्रिया