बीपी राजमार्गमा हाइस दुर्घटना, ४ जना घाइते



काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, छब्बिसमा हाइस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

मोरङबाट काठमाडौं जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भई अनियन्त्रित भएर सडकको नालामा परी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

धनुषा गणेशमान नगरपालिका–७ बस्ने २२ वर्षीया रुवी साह, मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ बस्ने १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन् ।

त्यस्तै, मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्वल चौधरी र सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते छन् ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । हाइसमा चालकसहित १४ जना सवार रहेकामा चारजना घाइते भएका हुन् । 

हाइसका चालक मोरङ बेलबारी नगरपालिका–३ बस्ने २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारीसाधन घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ