मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता :प्रभु साह


काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्ने बताए ।

उनले वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै यसलाई तोड्न जरुरी रहेको उल्लेख गरे । नवनिर्मित मोर्चाको उद्देश्य सत्ता प्राप्ति वा पदको भागबन्डा नभई देशलाई समृद्धिको दिशामा लैजानु रहेको उनको भनाइ छ ।

मुलुकको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष साहले किसान, व्यापारी र उद्योगीहरू निराश रहेको र युवा शक्ति विदेश पलायन भइरहेको बताए ।