कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के छ एजेण्डा ?


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएहो हो ।

बैठकमा मुख्यगरी सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा दिएको फैसलाको पुनरवलोकन आदेशका सम्बन्धमा संस्थागत धारणा तय हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

बैठकमा पार्टीका महामन्त्रीले समसामयिक राजनीतिक विषय र साङ्गठनिक कार्यसूचीसहितका एजेन्डाहरू प्रस्तुत गर्ने कार्यक्रम छ। आगामी महाधिवेशनलाई केन्द्रमा राखेर बोलाइएको यस बैठकमा पार्टी सङ्गठन सुदृढीकरणका विविध विषयमा पनि छलफल हुने प्रवक्ता चालिसेले बताए ।

महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान गर्नु यस बैठकको अर्को मुख्य एजेन्डा रहेको छ।

देशभरका विभिन्न जिल्ला र क्षेत्रमा देखिएका क्रियाशील सदस्यता सम्बन्धी उजुरी र विवादलाई टुङ्ग्याएर महाधिवेशनको सुनिश्चितता गर्ने तयारीमा कांग्रेस लागेको छ।