याे सरकारबाट कुनै सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ छ : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीको नाममा उपद्रव गर्ने ग़ैर जेनजीहरुले हुकुम चलाइरहेको आरोप लगााएका छन् । ‘अहिले त जेन्जीका नाममा उपद्रव गर्ने ग़ैर जेन्जीहरूकै हुकुम चलिरहेको छ। नयाँ शक्ति निर्माणमा लागेका भनिनेहरू समेत उनीहरूबाटै शासित र निर्देशित देखिन्छन्। यस्तो अवस्थामा उनीहरूबाट कुनै सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ छ’, उनले लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज एक स्टाटस लेख्दै उनले जेनजी आन्दोलनका पीडितहरुले वास्तविक न्यायको अनुभूति गर्न नपाएको बताएका छन् ।

पोखरेलले २३ र २४ भदौको निष्पक्ष छानबीनबाट मात्रै पीडितहरुले वास्तविक न्याय पाउने उल्लेख गरेका छन् । ‘भाद्र २३ र २४ गतेका घटनाहरुको निष्पक्ष र उच्च स्तरीय न्यायिक छानबीन अपरिहार्य छ– जुन ढिलोचाँडो हुने नै छ । त्यतिबो मा पीडितहरुले वास्तविक न्यायको अनुभूति गर्न पाउँछन्’, उनले लेखेका छन् ।