करिब ३ सय २ किलो गाँजा सहित एक जना पक्राउ


सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-८ जोगिनियास्थित खेतबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २ किलो ४ सय ८० ग्राम सहित हनुमाननगर कंकालिनी नगरपालिका-७ मुखिया टोल बस्ने ५३ वर्षीय माधुरी मुखियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।