कांग्रेसका नेता सिंह भन्छन्- विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयाे


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् । आफूहरूले विगतदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिँदै आए पनि त्यसलाई बेवास्ता गर्दा कांग्रेस कमजोर हुँदै विभाजनको अवस्थामा पुगेको उनले बताए ।

पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि विशेष महाधिवेशन उपयुक्त बाटो नभएको आफ्नो पक्षको धारणा रहेको भन्दै उनले त्यसविपरीत विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइएपछि कांग्रेस थप विवाद र विभाजनतर्फ गएको टिप्पणी गरे।

नियमित महाधिवेशनको समय आइसकेकाले पार्टीको नेतृत्व पनि नियमित प्रक्रियाबाटै चयन गर्नुपर्ने सिंहको भनाइ छ । लोकप्रिय र कार्यकर्ताको समर्थन प्राप्त नेताले नियमित महाधिवेशनबाट नेतृत्वमा पुग्दा पार्टी बलियो बन्ने उनले तर्क गरे ।