काठमाडौं । पछिल्लो चार महिनामा देशभर चार हजार ४५२ वटा विपद्का घटना भएका छन्। गत वैशाख १ देखि यही साउन २४ गतेसम्म भएको घटनामा २०५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
विपद्का घटनामा परेर पाँच जना बेपत्ता छन्। एक हजार ३४७ जना घाइते भएका छन् भने पाँच हजार ४९२ परिवार प्रभावित भएका छन्।
यसैबिच साउन २३ गते बिहान १० देखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका
प्राधिकरणले जनाएको छ। ती घटनामा २० जना घाइते भएका छन्।
उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई र वन्यजन्तु आक्रमणको एक घटना भएका छन्। विपद्का घटनामा सहायताका निम्ति १७३ जना प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ।
सर्पदंशका घटनामा २० जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित रु ३८ लाख ४७ हजार ५०० बराबरको क्षति भएको छ भने चार स्थानमा सडक अवरोध र एउटा चौपायाको ज्यान गएको छ।




प्रतिक्रिया