काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हेटौडा कपडा उधोग सन्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाल आर्मीलाई धन्यवाद व्यक्त गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले कपडा उधोगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन्।
उनले उधोगलाई दीर्घकालीन रूपले निरन्तर ईफिसियन्टली चलाउन निजी क्षेत्रलाई साझेदारीमा ल्याउन जरुरी रहेको उल्लेख गरे ।
‘हेटौडा कपडा उधोग सन्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाल आर्मीलाई धन्यवाद। कपडा उधोगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिइयोस्,’ उनले भने, ‘उधोगलाई दीर्घकालिन रूपले निरन्तर ईफिसियन्टली चलाउन नीजि क्षेत्रलाई साझेदारीमा ल्याउन जरूरी छ। यसतर्फ पनि सरकारले ध्यान दिइयोस् ।




प्रतिक्रिया