पार्टी फुट्न दिनु हुँदैन है…


काठमाडौँ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी फुट दिन नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी जोगाउन सबै नेताकार्यकर्तालाई आह्वान गरेका हुन्। ‘पार्टी फुट्न दिनु हुँदैन है ।
पुरानो हो, संकटमा काम लाग्न सक्छ,’ उनले भनेका छन् ।

उनले पुरानो पार्टी सङ्कटका बेला काम लाग्न सक्ने उल्लेख गर्दै एकजुट हुन आग्रह गरेका हुन्। वर्षाको समयमा घर भत्काउँदा सबै भिज्नुपर्ने र असिना आएमा ज्यान पनि जान सक्ने चेतावनी उनले दिएका छन्।