काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू कांग्रेसलाई एक बनाउने पक्षमा रहेको बताएका छन् ।
काठमाडौं आयोजित एक कार्यक्रमबाट बाहिरिने क्रममा आज सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले पार्टी एक बनाउने अभियानमा आफू लागेको बताए।
‘मेरो कर्तव्य कांग्रेसलाई एक बनाउने हो । बीपी कोइरालाले जसरी कांग्रेसलाई एक बनाउनुभएको छ, त्यही नै मेरो कर्तव्य हो । म फुटाउने काम गर्दिनँ ,’ उनले भने ।




प्रतिक्रिया