विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच दोस्रो चरणको औपचारिक छलफल सुरु भएको छ । नयाँ गठबन्धनलाई पूर्णता दिन दुई दलका शीर्ष नेताहरू सोमबार मुख्यमन्त्री निवासमा संवाद गर्दैछन् ।
यसअघि गत शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री निवासमा दुई दलबिच पहिलो चरणको प्रारम्भिक छलफल भएको थियो । उक्त बैठकमा मन्त्रालय बाँडफाँट, सरकारको साझा न्यूनतम कार्यक्रम र हालै ल्याइएको बजेट पुनरावलोकन गर्ने, प्रदेशको नामकरण पुनरावलोकन लगायतका विषयमा संवाद भएको थियो ।
आजको छलफलमा एमालेका तर्फबाट पार्टी सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई र नेकपा संसदीय दलका नेता नेता इन्द्रबहादुर आङ्बो, पूर्व मुख्यमन्त्री राजेन्द्र राई, एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो, नेकपा प्रदेश अध्यक्ष हर्क नेम्बाङ ९मिक्सो० एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा, पार्टी सचिव राजकुमार भण्डारी लगायतका नेता सहभागी छन् ।




प्रतिक्रिया