१४ जना जुवा खेल्दै गरेकाहरू पक्राउ


काठमाडौं । काठमाडौँको पेप्सीकोलाबाट प्रहरीले जुवा खेल्दै गरेका १४ जनालाई पक्राउ गरेको हो ।

आइतबार काठमाडौँ–३२ पेप्सीकोलास्थित जस्ताको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जुवा खालबाट १ लाख १९ हजार नगद र ३ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले रातोपाटीलाई बताए । 

आरोपीहरू विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जुवासम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घटनास्थलबाट प्रहरीले अनुसन्धानका लागि १५ थान मोबाइल पनि बरामद गरेको छ ।