राहदानी विभागको आग्रह– आवेदनमा उल्लेख गरिएको मिति र समयमा मात्र उपस्थित हुनू


काठमाडौं । राहदानी विभागले आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र उपस्थित हुन सेवाग्राहीहरूलाई आग्रह गरेको छ ।

विभागले सोमबार सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीहरूलाई यस्तो आग्रह गरेको हो ।

“राहदानी आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र उपस्थित भइदिनुहुन अनुरोध छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।