नेपालका लागि श्रीलंकाका राजदूत प्रहरी हेडक्वार्टरमा


काठमाडौँ । नेपालका लागि श्रीलंकाका राजदूत रुवन्ती डेल्पिटिया प्रहरी प्रधान कार्यालयमा गएर आईजीपी दान बहादुर कार्कीसँग भेट गरेकी छन् ।

१६०औं श्रीलंकन प्रहरी दिवसमा हुने कार्यक्रममा सहभागिका लागि निमन्त्रणा दिन राजदूत रुवन्ती प्रहरी हेडक्वाटर गएकी हुन् । प्रहरी महानिरीक्षक कार्कीलाई भेटेर उनले निमन्त्रणा दिएकी हुन् ।

भेटघाटमा प्रहरी तालिम, क्षमता अभिवृद्धि र व्यावसायिक आदानप्रदानको विषयमा समेत कुराकानी भएको श्रीलङ्का दूतावासले जनाएको छ ।

त्यस अवसरमा दुई देशबिच सहयोग निरन्तर जारी रहनेलगायतको विषयमा कुराकानी भएको बताइएको छ ।