काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ । मंगलबार( दिउँसो संसद् बैठक सुरु हुनुअघि सिंहदरबारमा उनीहरूबीच भेट भएको हो ।
भेटको क्रममा समसामयिक विषयमा करिब आधा घण्टा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन आग्रह गरेका थिए । सभामुखको आग्रहमा प्रधानमन्त्री स्पष्ट जवाफ नदिएको स्रोतको भनाइ छ ।
संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै प्रतिपक्षी सांसदले प्रश्न उठाउँदै आएका छन् ।




प्रतिक्रिया