करिब १ सय ५ किलो गाँजा सहित एक जना पक्राउ


पर्सा, पटेर्वा सुगौली गाउँपालिका-३ सोनबर्साबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलो सहित भारत बिहार राज्य वेतिया ग्राम उजहरू परजिलवा भागा श्रीनगर-३ बस्ने ५० वर्षीय सउरू चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।