माछा मार्ने क्रममा नदीले बगाएका पुरुष चार दिनपछि मृत फेला


रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ भोटेमारास्थित सानीभेरी नदीमा माछा मार्न जाल खेल्ने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ।

बाँफिकोट गाउँपालिका–१० बस्ने अन्दाजी ३४ वर्षीय देव वलीलाई गत साउन २२ गते सानीभेरी नदीमा जाल खेली माछा मार्ने क्रममा नदीले बगाएको थियो।

नदीले बगाएर बेपत्ता भएका वलीको शव मंगलबार सानीभेरी गाउँपालिका–७ सहरेखोलास्थित सानीभेरी नदीको किनारमा फेला परेको हो।