सरकारलाई कुलमानको आग्रह : चलिरहेको उद्योग बन्द हुने अवस्थामा पुग्नुको कारण पत्ता लगाउनु


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चलिरहेको उद्योग बन्द हुने अवस्थामा पुगेको कारण खोज्न सरकारलाई आग्रह गरेका छन्।

आज फेसबुकमा एक स्ट्याटस लेख्दै घिसिङले सरकारले बन्द उद्योग खोल्दै गर्दा चलिरहेका हेटौंडा र उदयपुर सिमेन्ट बन्द हुने अवस्थामा पुगेको कारण पत्ता लगाउनुपर्ने बताएका हुन्। ‘सरकारले वन्द भएका उधोगहरू खोल्दै गर्दा चल्दै गरेका हेटौडा र उदयपुर सिमेन्ट वन्द हुने चरणमा किन पुगे ? त्यसको कारण पत्ता लगाउनु पर्छ,’ उनले लेखेका छन् ।

घिसिङले सरकारी संस्था सँधै घाटामा चल्छ भन्ने कुरा नेपाल विद्युत प्राधिकरणले गलत सावित गरिसकेको बताए। ‘स्थापनादेखि अधिकांस समय घाटामा रहेको प्राधिकरण विगत १० वर्षदेखि लगातार अर्बौंको नाफामा छ। यस अवधिमा विद्युत महशुल करिब २५ प्रतिशतले घटाएर पनि नाफा कमाउन सक्दो रहेछ। नेतृत्व र व्यवस्थापन अत्यन्त महत्वपूर्ण छ,’ उनले भनेका छन्।