काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहकाे राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ । कांग्रेस संस्थापइतर समूहले साउन २९-३१ मा रास्ट्रीय भेलाको आयोजना गरेको हो ।
इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले मिराकल पार्टी प्यालेसमा भेला गर्ने निर्णय भएको जानकारी दिए । राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे पूर्वसभापति शेरबहादुर देउवाले गर्नेछन् ।
नेता विश्वकर्माका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाको भव्य स्वागतको तयारी भइरहेको छ । देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने बताइएको छ ।
देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ ।




प्रतिक्रिया