काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजाराम गिरीले वर्तमान सरकारले युवाको मर्म, भावना र विचारलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
बुधबार भृकुटीमण्डपस्थित बन्द रिपोर्टर्स क्लबको बाहिर आयोजित कार्यक्रममा बोल्दै गिरीले देशले युवा प्रधानमन्त्री पाएको उल्लेख गर्दै वर्तमान सरकार स्थापनामा युवाको महत्वपूर्ण भूमिका रहेको बताए ।
‘देशले युवा प्रधानमन्त्री पाएको छ । रास्वपाको सरकार स्थापना गरेको युवाले हो, जेनजीले हो,’ गिरीले भने ।
उनले जेनजी आन्दोलनले उठाएका मुद्दा र युवाका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए । युवाको भावना र विचारअनुसार राज्य सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
रिपोर्टर्स क्लबले विगतमा थुप्रै युवालाई सार्वजनिक बहसमा ल्याउँदै नेतृत्व विकासका लागि महत्वपूर्ण भूमिका खेलेको गिरीले बताए । ‘रिपोर्टर्स क्लबले थुप्रै जेनजीलाई लिडर बनाएको छ । यो सरकारले चाँडोभन्दा चाँडो रिपोर्टर्स क्लब खोल्नुपर्छ,’ उनले भने ।




प्रतिक्रिया