जनआस्थाको अध्यक्ष किशोर श्रेष्ठ पक्राउ गर्नुको कारण खुल्यो


काठमाडौ । जनआस्थाको अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । । उनलाई बुधबार साँझ ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो ।

श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको जनाएको छ ।

साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो। समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।