मध्यपहाडी लोकमार्ग अवरुद्ध


काठमाडौँ । रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार साँझ परेको भारी वर्षाका कारण भूमे गाउँपालिका ४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल र पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौं हुँदै रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पातर्फ जाने यात्रुवाहक बस तथा अन्य सवारीसाधन बाटोमै रोकिएका छन् । पहिरोका कारण यात्रुहरू अलपत्र परेका छन् ।

अवरुद्ध सडक खुलाउन डोजरलगायतका उपकरण परिचालन गरेर काम भइरहेको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन् ।