जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठको रिहाइको माग गर्दै प्रहरी परिसरमा धर्ना


काठमाडौँ । जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ ।

समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले धर्ना दिएको हो ।

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति ९ बजे ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।