काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदै छन् । देउवाको सुरक्षाको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा अहिले थुप्रै सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार देउवालाई पक्राउ गर्ने तयारी छैन । कांगेस संस्थापनक्ष्तर पक्षले भव्य स्वागतको तयारी गरेपछि सुरक्षाको लागि प्रहरीलाई तैनाथ गरिएको जानकारी दिए ।
त्यस्तै, यतिबोला देउवालाई स्वागत गर्न इतर पक्षका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
करिब साढे ५ महिनापछि स्वेदश फर्किएका देउवालाई राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा स्वागत गर्ने तयारी छ । देउवाको स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने इतर पक्षको दाबी छ ।
देउवालाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएर बाजागाजा र झाँकीसहित स्वागत गर्ने तयारी छ ।




प्रतिक्रिया